Logo

२०८३, श्रावण ३०गते


images
images

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिदै

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिदै

images
  • मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिदै
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

    images
    images
    images

    उनकै पार्टीले उनीप्रतिको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत पाउने सम्भावना भने छैन । उनले विश्वासको मत नपाएपनि आफ्ना धारणा सदनमा राख्न चाहेर विश्वासको मत लिन लागेको बताएका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री सिंह सरकारमा एक्लो भएका छन् । मुख्यमन्त्री सिंहलाई समर्थन गरेका दलहरूले एकपछि अर्काले साथ छोड्दै गएपछि अहिले  मन्त्रिपरिषदमा मुख्यमन्त्री सिंह एक्लो छन् । उनको आफ्नै दल जनमत पार्टीले समेत साथ छोडेपछि मुख्यमन्त्री सिंह एकल भएका हुन्। 

    images
    images
    images

    उनको पार्टीसहित सरकारमा सहभागी दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले साथ छोडिसकेका छन् ।

    भदौ २३–२४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक रूपमा भने लिखित बुझाएनन् । मुख्यमन्त्रीको राजीनामा नआएपछि जनमतले स्पष्टीकरण सोद्धै मुख्यमन्त्री र मन्त्रीलाई राजीनामा दिने निर्देशन दिएपनि उनले पद छोड्न मानेनन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।