Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

images
  • मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
    images
    images

    जनकपुरधाम । जितेन्द्र प्रसाद सोनार (सोनल) ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । विहिबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

    images
    images
    images

    सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले मन्त्री पदको शपथ लिएका छन् । गठबन्धनमा जसपा नेपाललाई अर्थसहित चार मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार, लोसपा, माओवादी र नेकपा एकीकृत समाजवादीलाई २-२ मन्त्रालय दिइने सहमति भएको छ ।

    images
    images
    images

    सोनल पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोनललाई लोससपासहित जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।