Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने जाँचबुझ आयोगको निर्णय

सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने जाँचबुझ आयोगको निर्णय

images
  • सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने जाँचबुझ आयोगको निर्णय
    images
    images

    काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय योजना आयोगका हालका सचिव गोकर्णमणि दुवाडीलाई काठमाडौँ बाहिर जान दिने निर्णय गरेको छ । 

    images
    images
    images

    शुक्रबार बसेको आयोगको बैठकले भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका समयका गृह मन्त्रालयका सचिव तथा हालका राष्ट्रिय योजना आयोगका सचिव दवाडीलाई बढीमा सात दिनका लागि आयोगलाई जानकारी गराएर काठमाडौं उपत्यका छाडेर जान दिने निर्णय गरेको हो । 

    images
    images
    images

    आयोगले मन्त्रिपरिषदको निर्णयानुसार भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्तिको क्षतिको मूल्याङ्कन गर्न र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिको संयोजकको हैसियतले आन्दोलनको क्रममा भएको क्षतिहरुको मूल्याङ्कनका लागि सातै प्रदेशमा स्थलगत अवलोकन भ्रमण गर्नुपर्ने भएकाले आयोगले उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाएकोमा फुकुवाको लागि लेखि आएको आयोगले जनाएको छ । 

    images
    images
    images

    आयोगले भनेको छ-ʻयसै सन्दर्भमा निज गोकर्णमणि दुवाडी आन्दोलनको क्रममा गृह मन्त्रालयको सचिवको हैसियतले गरेको कामको सम्बन्धमा यस आयोगको छानबिनको दायरामा रहेकाले बयान कार्यको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा एक पटकमा बढीमा ७ (सात) दिनको लागि यस आयोगलाई जानकारी गराएर काठमाडौं उपत्यका छाडेर माथि उल्लेखित काममा जान अनुमति दिने र विदेश भ्रमणमा लगाइएको रोक भने यथावत् कायम राख्ने ।ʼ 

    यस्तै आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालयहरू, उद्योग व्यवसाय, व्यापारिक संस्था, राजनीतिक दल, प्रदेश र विभिन्न तहका कार्यालयहरू, शिक्षण संस्थाहरू तथा व्यक्तिगत सम्पत्तिमा हानी नोक्सानी क्षति भएको सम्बन्धमा विवरण  उपलब्ध गराउन अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।