Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

मिराज ढुंगाना समुहको नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा

मिराज ढुंगाना समुहको नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा

images
  • मिराज ढुंगाना समुहको नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा
    images
    images

    काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगाना नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ढुंगानासहितका युवाहरुले नयाँ राजनीतिक पार्टी खोलेर अघि बढ्न लागेको बताएका हुन् ।ढुंगानाले आफुहरुले चुनावमा जान भनेर मात्र पार्टी खोल्न नलागेको भन्दै आन्दोलनलाई छोडेर जान नमिल्ने भएकाले नयाँ पार्टी खोल्न लागेको बताए ।

    images
    images
    images

    उनले भने 'हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ । भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्‍यो कि पार्टी नै खोल्नुको विकल्प छैन । हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन । प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो । त्यो मुद्दालाई सुन्नौं पर्छ । हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ ।

    images
    images
    images

    'ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था, भ्रष्टाचार अन्त्य गर्नको लागि नागरिक स्तरीय छानबिन समिति गठन नभएसम्म आफुहरुले चुनावमा भाग नलिने स्पष्ट गरे । ढुंगानाले देशमा युवाहरुलाई बस्न सक्ने वातावरण बनाउनुपर्ने भन्दा युवा पुस्ताको पलायन रोक्न आफुहरु राजनीतिमा आउनुपरेको धारणा राखे ।

    images
    images
    images

    उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान गर्दै नयाँ दलको नाम के राख्ने भन्ने जनतासँग सुझाव लिइरहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी आन्दोलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।