Logo

२०८३, आश्विन १७गते


images
images

क्रिकेट

भारतविरुद्धको सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

भारतविरुद्धको सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

images
  • भारतविरुद्धको सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।आइतवार सम्पन्न बर्षाले प्रभावित सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले भारतलाई डक वर्थ लुइस नियम अनुसार ७ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    २६ ओभरमा खेलिएको यस खेलमा भारतले दिएको १३१ रनको लक्ष्य अस्ट्रेलियाले २१.१ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । यस अघि भारतले २६ ओभरमा ९ विकेट गुमाउदै १३६ रन बनाएको थियो ।

    images
    images
    images

    यस खेलमा भारतका पुर्व कप्तानद्वय रोहित शर्मा र विराट कोहली पनि खेलेका थिए । तर यस खेलमा दुवैले आफ्नो प्रभाव छोड्न सकेनन । रोहित ८ र विराट शुन्यमा आउट भएका थिए ।

    images
    images
    images

    यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल विहिबार खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अस्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।