Logo

२०८३, श्रावण ३१गते


images
images

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले विकासमा 'ब्रेक' लगायो : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले विकासमा 'ब्रेक' लगायो : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली

images
  • कांग्रेस नेतृत्वको गठबन्धन सरकारले विकासमा 'ब्रेक' लगायो : पुर्व परराष्ट्रमन्त्री ज्ञवाली
    images
    images

    माधव ज्ञवाली, गुल्मी । पुर्व परराष्ट्रमन्त्री तथा गुल्मी क्षेत्र न.१ का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेस नेतृत्व गठबन्धनको सरकारले हरेक क्षेत्रका विकास निर्माणका काममा 'ब्रेक' लगाएको बताएका छन् । बुधबार गुल्मीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका ज्ञवालीले सत्ताको दाउपेचका कारण  केपी ओली नेतृवको सरकारले ल्याएका विकास निर्माणका कार्यक्रमलाई खारेज गर्नेदेखी विकासका हरेक क्षेत्रमा 'ब्रेक' लगाएर देशलाई पछि धकेल्न खोजिएको आरोप लगाएका हुन् । 

    images
    images
    images


    रुरुक्षेत्र गाउँपालिका ४ स्थित बलेटक्सार बजार  लिफ्ट खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै ज्ञवालीले बितेका ३ बर्षमा आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले विकासमा फड्को मारेको बताए । उनले भने, 'कुनै बेला देशमा बर्षमा जम्मा १०-१२ किलोमीटर बाटो पिच हुन्थ्यो तर हाम्रो सरकारले २ बर्ष लगातार ९ सय किलोमिटर भन्दा बढी सडकहरु पिच गरेको र सरदर  २ दिनमा एउटा मोटरेवल पुल बनाउन सफल भयो ।'

    images
    images
    images


    नागरिकको स्वास्थलाई मध्यनजर गर्दै यस बिचमा प्रत्येक पालिकामा एउटा हस्पिटल र प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा अन्तर्गत औषधि उपचारका लागि सुबिधा प्रधान गरेको ज्ञवालीको भनाई छ। उनी भन्छन् " सामाजिक सुरक्षा भत्ता बढाएर ४ हजार पुर्यायौँ। अत्यन्तै  दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर सालनाल  अड्किएर रगत बगिरहेका महिलाहरुलाई हेलिकप्टरबाट उद्दार गरेर रास्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत उहाँहरुलाई बचाउने देखि धेरै काम गरेर देशलाई एउटा नयाँ गति दिन सफल भयौँ।"

    images
    images
    images


    मेची, कोशी, त्रिशुली, कालीगण्डकी, कर्णाली र महाकाली करिडोर साथै प्रत्येक पालिकासम्म मोटरबाटो पुर्याएर प्रत्येक निर्वाचन क्षेत्रलाई नजिकका हाइवे सङ्ग जोडेर आर्थिक विकासका लागि रणनीति सिर्जना गरि पुर्वाधार विकासमा छुट्टै सफलता आफ्नो सरकारको कार्यकालमा पाएको ठोकुवा गरे।


    ज्ञवालीले आफू नेतृत्वको सरकारले देशमा चलिरहेको राजनीति द्वन्द पनि अन्त्य गर्न सफल भएको बताए। उनले भने "छुट्टै देश बनाउने भनेर देश टुक्र्याउने योजनाका साथ हिडिरहेका सिके राउत र क्रान्ति गर्छु भन्दै हतियार बोकेर हिडिरहेका विप्लव समुहलाई बार्ताद्वारा राजनीतिको मुल धारमा ल्याउन सफल भयौँ ।"


    "कुनै बेला नेपालको संविधान जलाउन  उपेन्द्र यादव र राजेन्द्र महत्वको प्रतिस्पर्धा हुन्थ्यो तर पछि केपि ओलिको नेतृत्वमा उहाँहरु उपप्रधानमन्त्री बन्नुभयो" ज्ञवालीले भने ।


    देशको सार्वभौमसत्ता र रास्टृय स्वाभिमानलाई जोगाउँदै गुमेका लिपुलेक, लिम्पियाधुरा,कालपानी जस्ता क्षेत्र  समेटेर नयाँ नक्सा प्रकाशित गरि यसको लागि औपचारिक रुपमा भारतसङ्ग बार्ताको लागि एजेन्डा बनाएर टेवलसम्म पुर्याउने काम पनि आफ्नै सरकारले गरेको बताए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।