Logo

२०८३, श्रावण ३०गते


images
images

उज्यालो नेपाल पार्टीमा आवद्ध छैन, गलत प्रचार नगर्नु : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीमा आवद्ध छैन, गलत प्रचार नगर्नु : कुलमान घिसिङ

images
  • उज्यालो नेपाल पार्टीमा आवद्ध छैन, गलत प्रचार नगर्नु : कुलमान घिसिङ
    images
    images

    काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले आफु कुनै पनि पार्टीसँग सम्बन्धित नरहेको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    मन्त्री घिसिङले सामाजिक सञ्जालमा लेख्दै  उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा आफुलाई जोडेर प्रकाशन भएका सूचना र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।  

    images
    images
    images

    उनले उक्त पार्टीमा आफ्नो आवद्धताका बारेमा कुनै किसिमको छलफल नभएको र प्रचार गरिएजस्तो जुम बैठकमा समेत सहभागिता नरहने प्रष्ट पारेका छन् ।

    images
    images
    images

    उनले भनेका छन् : 

    उज्यालो नेपाल पार्टी र उक्त पार्टीका अध्यक्षको हवाला दिंदै विभिन्न सामाजिक सञ्चाल एवम् सञ्चार माध्यममा मलाई जोडेर प्रकाशन भएका सूचना/समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु । साथै, आगामी दिनमा आधारहीन सामग्री सम्प्रेषण नगर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछु ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुलमान घिसिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।