गजल : यसैगरी बराल्लिन मन छ
म यात्री हुँ, सधैं यसैगरी बराल्लिन मन छ
कतै सम्झिन मन छ, कतै बिर्सिन मन छ
शिशामाथि फूल छरेर गएछ, जानेले पनि
मलाई फूल टिप्न मन छ, शिशा कुल्चिन मन छ
ए नदी तँ अकस्मात् धमिलो भैई दिन्छस्
तँ, पनि म जस्तै छस्, तँ जस्तै देखिन मन छ
खुसी छौँ र त तिमी यसरी, मुस्कुराईरहन्छौँ
तिमी दु:खी भएको दिन मलाई रेटिन मन छ
लाग्छ, तिमी बसेको दिल म सँगै नजलोस्
नजल्दै दिल चितामा आफू सकिन मन छ
- रोमा लम्साल
काठमाडौं
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology