Logo

२०८३, श्रावण ३१गते


images
images

जेनजी आन्दोलन

म आन्दोलनमा गएकै हो, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ : रास्वपा नेता कार्की

म आन्दोलनमा गएकै हो, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ : रास्वपा नेता कार्की

images
  • म आन्दोलनमा गएकै हो, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ : रास्वपा नेता कार्की
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमा भइरहेको आलोचनाका बीचमा आफु आन्दोलनमा गएको आफु सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस् कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने बताएका छन् ।

    images
    images
    images

    कार्कीले सामाजिक सञ्जालमा लेख्दै नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्: अँ, म आन्दोलनमा गएकै हो । ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपुर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो । २३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन । त्यो आगोको जिम्मा ओली सरकार र तिनका मतियारहरूको हो ।

    images
    images
    images

    अनि जसले मान्छेको ज्यान भन्दा इटाको धुलो र काठको खरानी ठुलो देख्दै हुनुहुन्छ, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै हुनुहुन्छ, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो । कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो । अनि, नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएकै हो ।

    मैले कतै ढुंगा हानिन, कतै आगो बोकिन, आगो लागेको कुनै स्थानको कम्पाउन्डमा पनि म थिइन तर म सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस् कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ । उनीहरूले र उनीहरूका परिवारले न्याय पाउन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।