Logo

२०८३, श्रावण २७गते


images
images

२ घण्टाको अवधिमा वीरगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२ घण्टाको अवधिमा वीरगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

images
  • सेतोमसी सहकर्मी
  • २ घण्टाको अवधिमा वीरगञ्जमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    images
    images

    सुरज श्रेष्ठ, वीरगञ्ज । शुक्रवार बिहान २ घण्टाको अवधिमा ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    वीरगञ्जको ईनर्वामा शुक्रवार बिहान ८ बजेदेखि १० बजेसम्मको अवधिमा सय जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै भारतीय नागरिक रहेका छन् । ३५ देखि ६० वर्ष उमेर समूहका रहेको ईनर्वास्थित हेल्थ डेस्क ईन्चार्ज डा. अनिषा महतोले  बताईन् । 

    images
    images
    images

    डा. महतोका अनुसार सबै जना घुम्ने र बेलुका फर्किने अभिप्रायले नेपाल प्रवेश गर्न लागेका थिए । कोभिड पुष्ठि भएका ९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका थिए । खोप लगाएपछि संक्रमण हुँदैन भन्ने भ्रम नपाली स्वास्थ्य सतर्कता अपनाउन पनि डा. महतोले आग्रह गरेकी छिन् । 

    images
    images
    images


    यसअघि बिहिवार ३ सय ६० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्ठि भएको थियो । काठमाडौँ, नवलपु, चितवनका १/१ जना र ३ जना भारतीय गरी ६ जनामा संक्रमण पुष्टि भएको थियो । दैनिक औषतमा साढे ४ सय जनासम्मको परीक्षण हुने गरेको छ । 


    संक्रमण पुष्टि भएकाहरु सबैलाई लक्ष्ण देखिएको छैन । उनीहरुलाई होम आइसोलेट गर्ने गरी परिवारसँग समन्वय गरेर गाडी रिजर्भ गरी पठाउने गरिएको डा. महतोले बताइन् । 


    हेल्थ डेस्कमा अहिले १२ जना कर्मचारी कार्यरत छन् । उनीहरुले पालैपालो गरेर समय विभाजन गरी काम गरीरहेका छन् । भने कर्मचारीको लागि खानेपानीको अभाव र शौचालयको समस्या रहेको डा. महतोको भनाई छ । 


    यसअघि नाकामा भवन निर्माणका  लागि सरकारले बिनियोजन गरेको ५० लाख रुपैयाँ पनि जग्गा नपाएपछि फ्रिज भएको हुँदा समस्या भएको वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाका रितेश जैसवालले बताए । सिरियस केस आएपछि नारायणी अस्पतालसँगको समन्वयमा पठाउने गरेको हुँदा अहिलेसम्म सिरियस केस नआएको जैसवालको भनाई छ । ठूलो संख्यामा संक्रमण पुष्ठि भएमा भन्सारमा निर्मित १ हजार जना अटाउने क्षमताको होल्डिंग सेन्टरमा राख्न सकिने उनले बताए । 


    नारायणी अस्पतालका चिकित्सक डा. सरोजरोशन दासका अनुसार अस्पतालमा हाल कोही पनि संक्रमित भर्ना नभएपनि दैनिक औषतमा ३ देखि ४ जनासम्ममा संक्रमण पुष्टि भइरहेको छ । पछिल्लो हप्तादेखि १ दिनको अन्तरालमा २५ देखि ३० जनाको नमुना पिसिआर परीक्षण थालेसँगै संक्रमितको संख्या  पनि बढ्दो क्रममा छ । परीक्षण गर्न आउनेमा केही लक्ष्ण देखिएका र बाहिर जाने व्यक्तिहरु रहेका छन् ।


    पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेर सिमानाकाहरु कडाई गर्नुका साथै परिक्षणको दायरा बढाउन निर्देशन दीइएको जानकारी दिए । ढकालले जिल्लाका अन्य स्थानीय तहहरुलाई पनि नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परिक्षण गर्न लगाइएको जानकारी दिनु भयो ।


    यद्दपी, ग्रामिण क्षेत्रका नाकामा रहेका हेल्थ डेस्कभने प्रभावकारी नभएको गुनासो आउने गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।