Logo

२०८३, श्रावण ३०गते


images
images

अमनप्रताप अधिकारीको प्रष्टीकरण : जोप्रति लक्षित गरेर अपशब्द बोलेको हो, त्यसमा पछुतो छैन

अमनप्रताप अधिकारीको प्रष्टीकरण : जोप्रति लक्षित गरेर अपशब्द बोलेको हो, त्यसमा पछुतो छैन

images
  • अमनप्रताप अधिकारीको प्रष्टीकरण : जोप्रति लक्षित गरेर अपशब्द बोलेको हो, त्यसमा पछुतो छैन
    images
    images

    काठमाडौँ । अमनप्रताप अधिकारीले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते संसद भवन परिसरमा आगजनीका क्रममा अपशब्द बोलेको प्रति स्पष्टीकरण दिएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि र उनको त्यति बेलाको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमार्फत् प्रष्टीकरण दिएका हुन् ।

    images
    images
    images

    अधिकारीले आफ्नै आँखा अगाडि संसद् भवनभित्रबाट गोली चलाएर स्कुल ड्रेसमा भएका विद्यार्थीहरूको हत्या भएपछि आक्रोशमा आफूले अपशब्द बोलेको बताएका छन् ।

    images
    images
    images

    उनले त्यो दिन आफूले भ्रष्टाचार र हत्यारा सरकारविरुद्ध अपशब्द बोलेको र अहिले सुन्दा अफ्ठ्यारो सुनिएकाले माफीसमेत मागेका छन् ।

    साथै अधिकारीले आफुले जसलाई लक्षित गरेर अपशब्द बोलेको हो त्यसमा आफूलाई पछुतो नभएको बताएका छन् ।

    उनले भनेका छन् 'भाद्र २३ गते जेनजी आन्दोलनलाई समर्थन गर्दै म संसद् भवन पुगेँ । संसद् भवन अगाडि गोली चल्यो । ड्याङड्याङ गोली चल्दाखेरि भागमभाग दौडादौड । मेरै अगाडिपछाडि र दायाँबायाँ स्कुल ड्रेस लगाइरहेका विद्यार्थीहरू त्यहीँ ढले । उनीहरू त्यहीँ सहिद भए ।

    २४ गते ती विद्यार्थीहरू झल्झली मेरो आँखामा मुटुमा आइरहेको अवस्थामा आक्रोश बोकेर म फेरि संसद भवन पुगेँ । ...गोली प्रहार गर्ने, आदेश दिने तथा सरकार चलाउनेहरूलाई मैले तेरो देश सकियो बोलेँ । अहिले तपाईंको फोनमा मेरो भिडियो सुन्दा अफ्ठ्यारो लाग्छ अपशब्द । माफी चाहन्छु । सुन्न नपरेको भए एकदम राम्रो हुन्थ्यो । तर जोविरुद्ध मैले अपशब्द बोलेको हो, त्यसमा पछुतो गर्दिनँ ।

    उनले कुनै पनि सरकारी र व्यक्तिगत संरचनामा आगजनी गरेको प्रमाण ल्याउन पनि चुनौती दिएका छन् र प्रमाणित भए आफू जेल जान तयार रहेको बताएका छन् ।

    अधिकारीले भदौ २४ गते पोष्ट गरेको भिडियोमा ‘जल्यो तेरो देश’ भन्दै अराजक र अश्लील भाषा प्रयोग गरेका थिए र अहिले सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।