Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले निकट युवा संघका केन्द्रिय सचिवद्वारा पार्टी परित्यागको घोँषणा

एमाले निकट युवा संघका केन्द्रिय सचिवद्वारा पार्टी परित्यागको घोँषणा

images
  • एमाले निकट युवा संघका केन्द्रिय सचिवद्वारा पार्टी परित्यागको घोँषणा
    images
    images

    अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट  रास्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी सचीव  गोबिन्द प्रसाद भुसालले एमाले परित्याग गरेको घोंषणा गरेका छन् । युवा संघ अर्घाखाँची जिल्लाको इन्चार्जको समेत रहेका भुसालले सामाजिक संजालमा सार्वजनिक पोस्ट गर्दै एमाले र त्यससम्बद्ध सबैखाले जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

    images
    images
    images


    आफुले पार्टीको विकास बिस्तारमा दृढता पूर्वक लागिरहेको लाग्दै नेकपा (एमाले ) का वडा, नगर हुँदै हालै सम्पन्न राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिबेशनसम्म आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी, ब्यक्तीगत मनोमानी, चरम अबसरबाद, नाताबाद कृपाबाद र नेतृत्वमा देखिएको निरंकुशता जस्ता प्रवृत्तिबाट एमालेमा निरन्तर काम गर्न सक्ने अवस्था नरहेको सार्वजनिक गरेको राजिनामामा उल्लेख छ । 

    images
    images
    images


    आफू र आफू जस्ता इमानदार कार्यकर्तालाई एमालेमा निरन्तर काम गर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले लेखेका छन्, "हामी जस्ता इमानदार र निष्ठावान नेता तथा कार्यकर्ताहरु एमाले पार्टी र यसका जनबर्गिय सङठनहरुमा रहेको निरन्तर काम गर्न सक्ने अवस्था नदेखिएकाले आजका मिति देखी राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिब लगायतका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै नेकपा (एमाले) को साधारण सदस्य समेत नरहने गरि एमाले परित्यागको घोषणा गर्दछु ।"

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # युवा संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।