Logo

२०८३, आश्विन १०गते


images
images

दुर्घटना

धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

images
  • धनुषामा बसले अटो रिक्सालाई ठक्कर दिदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु
    images
    images

    धनुषा । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ ।  सो दुर्घटनामा दुई बालबालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । 

    images
    images
    images

    प्रहरीका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो ।

    images
    images
    images

    दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।