काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले आइतबार पार्टीका अध्यक्ष हर्क साम्पाङलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।
साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रस्ताव गरे अनुसार नै चुनाव चिह्न माटो पाएको छ । श्रम संस्कृति पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् ।
पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् भने प्रवक्तामा अरुण गुरुङ रहेका छन् । साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology