देवदह । देवदहमा श्रम संस्कृति पार्टीको नगर समिति गठन भएको छ । शनिवार पार्टी समर्थकहरूको भेलाले जसबहादुर पुनको संयोजकत्वमा तदर्थ समिति गठन भएको पार्टीले जनाएको छ ।
पार्टीको नगर सहसंयोजकमा टेक बहादुर राना, मीना कुँवर र मित्र बहादुर आले, सचिवमा टोम बहादुर बाह्रघरे, सहसचिवमा सोहविर राना, कोषाध्यक्षमा संजय राना र सहकोषाध्यक्षमा टेकमाया गुरुङ चयन भएका छन् ।
पार्टीका जिल्ला संयोजक छविलाल गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले केही पदमा पछि थप गर्नेगरी ३३ सदस्यीय नगर समिति गठन भएको पार्टीले जनाएको छ ।
संयोजक चयन भएका पुन लायन्स क्लब लगायतका संघसंस्थामा सक्रिय युवा हुन् भने सहसंयोजक टेक बहादुर राना बुद्ध सामुदायिक वनका अध्यक्ष समेत हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology