कृष्ण अन्जान, रुरु । खेल जगतमा रुरुक्षेत्र गाउँपालिकाले अव्वलता हासिल गर्दैछ । यसैकाे उदाहरण हुन् रुरुक्षेत्र गाउँपालिकाका उदियमान ब्याडमिन्टन खेलाडिहरु । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ का ब्याडमिन्टन खेलाडीहरु विवेक शर्मा जेनिश शेरचनले आफ्नाे उत्कृष्ट खेल प्रदर्शन गरेर आफ्नै ठाउँमा सम्मानित हुन पाउँदा खुशिले गदगद देखिन्थे ।
"आफ्नाे ठाउँकाे नाम खेल मार्फत चम्काउने खेलाडी भाईहरु हाम्रा गहना हुन हाम्राे हौसलाले उनिहरुलाई अझै अगाडि बढ्न उत्साह थप्छ।" सम्मान कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिका वडा न १ का अध्यक्ष समेत रहेका खेल प्रेमी रामलाल विकले भने ।
खेलाडिहरुलाई हौसला प्रदान गर्दै युवा समाजसेवी तथा खेलप्रेमी यदु ज्ञवालीले खेलाडीहरुलाई राज्यले पनि प्राेत्साहन गर्नु पर्नेमा जाेड दिए । युवा समाजसेवी खेलाडी उत्पादनमा राज्यको लगानी र आवस्यक प्रशिक्षण आवस्यक भएकाे बताए ।
रिडीबजारका विवेक शर्मा र जेनिश शेरचनले पाल्पा बागलुङ र गुल्मीका विभिन्न 'इभेन्ट' मा उत्कृष्टता खेल प्रदर्शन मात्र गरेनन् कि प्रथम स्थान हासिल गर्न सफल भए ।
प्रतिष्पर्धा जितेर रिडीबजार रुरुक्षेत्र र समग्र गुल्मीको इज्जत बढाएकाेमा खेलाडि युवाद्वयलाई खादा टीका र उपहार प्रदान गरि सम्मान गरिएको हो ।
कार्यक्रममा रिडीबजारका खेल प्रेमि तथा समाजसेवीहरुकाे उपस्तिथि रहेकाे थियाे ।रिडीबजारमा यतिबेला जाेडताेडका साथ कभर्डहल निर्माण भईरहँदा खेलकाे रौनकता पनि बढेको छ ।रुरुखेल मैदानलाई पनि स्ताेन्नति गर्न सके रुरुक्षेत्रकाे रिडीबजार धार्मिक पर्यटन मात्र हाेईन खेलकुदकाे हब पनि बन्न सक्छ र सयौँ विवेक र जेनिशहरुकाे उदय हुनेछ भन्ने आशा लिन सकिन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology