Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछानेसँग बयान सकियो

रवि लामिछानेसँग बयान सकियो

images
  • रवि लामिछानेसँग बयान सकियो
    images
    images

    काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

    images
    images
    images

    आयोगले बुधबार लामिछानेसँग नख्खु कारागारबाट सिंहदरबार ल्याएर ६ घण्टाभन्दा बढी समय बयान लिएको हो ।

    images
    images
    images

    जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिएको हो । आयोगले यसअघि नख्खु कारागारका प्रमुखसँग यस अघि नै बयान लिइसकेको छ । कारागार प्रमुखले आफुलाई जबर्जस्ति गरेर कागजमा हस्ताक्षर गराएको बयान दिएका छन् । 

    images
    images
    images

    लामिछाने कारगारबाट निस्किएपछि देशभरका कारागारबाट ११ हजार भन्दा बढी कैदी बन्दी भागेका थिए । पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछाने भदौ २४ मा बाहिर निस्किएका थिए । तर चौतर्फी आलोचना पछि लामिछाने भदौ २८ गते नख्खु कारागार फर्किएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।