जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन् ।
मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय मागेर बोल्ने क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले मोसो दलेका हुन् ।
उनले मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार यहाँको सांसदले नबनाएर केन्द्रका आदेशमा बनाइएको आरोप लगाए । सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology