Logo

२०८३, श्रावण ३१गते


images
images

चितवन बैठक

डा. तोसिमा कार्कीको रिफर्मेसन मार्गचित्र सार्वजनिक : घण्टी चुनाव चिह्न साझा राख्दै एकता प्रक्रिया अघि बढाउन सुझाव

डा. तोसिमा कार्कीको रिफर्मेसन मार्गचित्र सार्वजनिक : घण्टी चुनाव चिह्न साझा राख्दै एकता प्रक्रिया अघि बढाउन सुझाव

images
  • डा. तोसिमा कार्कीको रिफर्मेसन मार्गचित्र सार्वजनिक : घण्टी चुनाव चिह्न साझा राख्दै एकता प्रक्रिया अघि बढाउन सुझाव
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको रूपान्तरणका लागि तयार पारेको ‘रिफर्मेसन मार्गचित्र’ सार्वजनिक गरेकी छन् । उनले चितवनमा सम्पन्न विस्तारित बैठकमा सो प्रस्ताव प्रस्तुत गरेकी थिइन् । तर बैठकले उनको प्रस्तावलाई ‘महत्व’ नदिएपछि उनले सामाजिक सञ्जालमार्फत मार्गचित्र सार्वजनिक गरेकी हुन् ।

    images
    images
    images

    डा. कार्कीले मंसिरमै पार्टीको महाधिवेशन गर्ने, हालको कार्यकारी नेतृत्व भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, र विचार मिल्ने अन्य दलसँग ‘घण्टी’ चुनाव चिह्न साझा राख्दै एकता प्रक्रिया अघि बढाउने सुझाव दिएकी छन् ।

    images
    images
    images

    उनले रास्वपालाई अब वैकल्पिक होइन, मूलधारको राजनीतिक शक्ति बनाउने समय आएको बताएकी छन् । उनका अनुसार, “पार्टीमा पद होइन, सिद्धान्त र विचारको बहस हुनुपर्छ । रास्वपाको रिफर्म केवल संगठनात्मक सुधार होइन, सैद्धान्तिक र व्यावहारिक रूपान्तरणको पूर्ण प्रक्रिया हो ।”

    images
    images
    images

    डा. कार्कीले रास्वपालाई वाम र दक्षिण ध्रुवीकरणभन्दा अलग मध्यमार्गी राजनीतिक शक्ति बनाउने आवश्यकता औंल्याएकी छन् । उनले भनिन्, “देशलाई नयाँ दिशातर्फ डो-याउन र नागरिक आशा सम्बोधन गर्न रास्वपाले लोककल्याणकारी राज्यको अवधारणा बोकेर अघि बढ्नुपर्छ ।”

    उनको मार्गचित्रमा पार्टीको संरचना समावेशी बनाउने, विचार र नीति स्पष्ट पार्ने र जनमुखी संगठन निर्माण गर्ने प्रस्ताव छन् । उनका अनुसार, मार्गचित्र कार्यान्वयन भए रास्वपा थप सशक्त, सुसंस्कृत, समावेशी र जनउत्तरदायी दलका रूपमा स्थापित हुनेछ ।

    डा. तोसिमा कार्कीको यो कदमले पार्टीभित्र वैचारिक स्पष्टता र सुधारबारे नयाँ बहस सुरु गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।