देवदह । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट भएको छ । रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर विनोद कोईरालाले सोमवार क्लवमा स्थलगत अवलोकन गरि क्लवका गतिविधि र भए गरेका कार्यक्रमहरुको बारेमा जानकारी लिएका हुन् ।
त्यस अवसरमा गभर्नर कोईरालाले तिलोत्तमा रोटरी रुपन्देहीका औषत क्लवहरु भन्दा माथी रहेको जानकारी गराउँदै माईरोटरी अपडेट र क्लवका गतिविधिमा सहभागिता बढाउन सुझाव दिए । उनले रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही सदस्यतासहित यसले गर्ने कार्यक्रमका आधारमा एभरेज भन्दा माथि रहेको जानकारी गराएका हुन् ।
कोइरालाले क्लवले सञ्चालन गरेको विद्यालय पेन्टिङ कार्यक्रम उत्कृष्ट रहेको बताउँदै समाजमा प्रभाव पार्ने अन्य कार्यक्रमको खोजी गर्न सुझाव दिए । उनले क्लवले गर्ने कार्यक्रमहरुको लागि स्रोतको खोजी र पहिचानमा जोड दिँदै ग्लोवल ग्राण्डमा लाग्न समेत आग्रह गरे ।
कार्यक्रममा क्लवका अध्यक्ष दीपकप्रसाद भट्टराईले क्लवले वर्षभरीका लागि बनाएका योजना र भएका गतिविधिहरु बारे जानकारी गराए । त्यस अवसरमा सर्भिस प्रोजेक्ट कमिटि, द रोटरी फाउण्डेशन कमिटीका तर्फबाट रामेश्वर सिंह, मेम्बरशिप कमिटीको तर्फबाट देवीलाल भट्टराई, पब्लिक इमेज कमिटीको तर्फबाट दीपक बास्कोटा र क्लव एड्मिन कमिटीको तर्फबाट लक्ष्मण विकले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा क्लवले स्थापना गरेको इन्ट्रयाक्ट क्लव अफ लिटिल फ्लावरलाई औपचारिकता प्रदान गरिएको छ । डिष्ट्रिक गभर्नर कोईरालाले क्लव स्थापना भएको औपचारिक घोषणा गर्दै क्लवका नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी सुवास सिग्देल, क्लवका निवर्तमान अध्यक्ष देवीराम पाण्डे लगाएतले लगायतले रोटरी अभियान र यसले समाजमा पार्ने सकारात्मक प्रभावका विषयमा प्रकाश पारेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology