Logo

२०८३, श्रावण ३१गते


images
images

क्लव गतिविधि

रोटरी देवदहद्वारा मगरघाटमा आरसीसी कुर्सी हस्तान्तरण

रोटरी देवदहद्वारा मगरघाटमा आरसीसी कुर्सी हस्तान्तरण

images
  • रोटरी देवदहद्वारा मगरघाटमा आरसीसी कुर्सी हस्तान्तरण
    images
    images

    देवदह । रोटरी क्लब अफ देवदहले सामाजिक उत्तरदायित्व अन्तर्गत देवदहस्थित मगरघाटमा ६ वटा मोल्डेड आरसीसी कुर्सी प्रदान गरेको छ । शव अन्त्येष्टि कार्यमा सहभागी हुने सर्वसाधारणलाई सहज रूपमा बस्न मिलोस् भन्ने उद्देश्यले ६ वटा कुर्सी हस्तान्तरण गरेको क्लवका अध्यक्ष नारायण भण्डारीले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा अध्यक्ष भण्डारीले मगरघाट जस्ता सार्वजनिक स्थलमा आवश्यक पूर्वाधार विकासका लागि रोटरीले सहयोग गर्दै समुदायको आवश्यकताअनुसार सेवामुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    images
    images
    images

    कुर्सी हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जयकिशन अधिकारी, पूर्व अध्यक्ष डोलराज न्यौपाने, डा. सुन्दर पाण्डे, कृष्ण सापकोटा, डम्मर गुरुङ, विष्णु पाठक, सचिव रामचन्द्र उपाध्याय, रोटर्याक्ट क्लब अफ देवदहका निर्वाचित अध्यक्ष राजेश तिवारी लगायत क्लवका बोर्ड सदस्यहरूको उपस्थिति थियो । 

    images
    images
    images

    स्थानीय टोल सुधास समितिका पदाधिकारी स्थानीयबासीको उपस्थितिमा क्लवद्धारा हस्तान्तरण गरिएका कुर्सीहरू ग्रहण गर्दै मगरघाट संरक्षण समितिका सचिव झमन थापा मगरले सामाजिक कार्यमा सक्रिय रोटरी परिवार प्रति आभार व्यक्त गरे ।  

    यसैबीच, रोटरी क्लब अफ देवदहले नियमित बैठक पनि सम्पन्न गरेको छ । बैठकमा क्लबका आगामी सेवा परियोजनाहरूका विषयमा विस्तृत छलफल गर्दै रोटरी क्लब अफ देवदहको १०औँ पदस्थापन समारोह यहि साउन १६ गते, शनिबार आयोजना गर्ने निर्णय भएको क्लबले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोटरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।