Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

नेपाली कम्युनिष्ट पार्टी 'जेष्ठ नागरिक आश्रम' : एमाले अध्यक्ष ओली

नेपाली कम्युनिष्ट पार्टी 'जेष्ठ नागरिक आश्रम' : एमाले अध्यक्ष ओली

images
  • नेपाली कम्युनिष्ट पार्टी 'जेष्ठ नागरिक आश्रम' :  एमाले अध्यक्ष ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टीलाई 'जेष्ठ नागरिक आश्रम' को संज्ञा दिएका छन् ।

    images
    images
    images

    एमालेको घर फरक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कहिले जेष्ठ नागरिक आश्रम खोलेको भन्दै अब आश्रम पुरा हुन बाग्लुङ र प्युठानकालाई जोड्न बाँकी रहेको भन्दै व्यंग्य गरेका छन् ।

    images
    images
    images

    ओलीको इंगित चित्रबहादुर केसी र मोहनविक्रम सिंहप्रति रहेको थियो । त्यस्तै ओलीले भीम रावलप्रति व्यंग्य गर्दै छैठौ वरियता पाएपछि नेपाली कम्युनिष्ट पार्टीमा गएको समेत आरोप लागाए । उनले काम गर्ने जति एमालेमा आइरहेको भन्दै 'जेष्ठ नागरिक' जति अरु पार्टीमा गएको बताए ।

    images
    images
    images

    ओलीले पार्टीमा रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेतालाई भित्र्याउदै उनीहरु बिना शर्त पार्टीमा फर्किएको स्पष्ट गरेका छन् ।

    आफुले उहाँहरुलाई पद के चाहिन्छ भनेर सोधेको बताउदै उहाँहरुले पदको लागि होइन घर फर्किन चाहेको बताएको उल्लेख गरे । उनीहरुको यस भावनाको पार्टीले उचित कदर र सम्मान गर्ने समेत बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।