काठमाडौँ । जेन-जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ ।
मुभमेन्टका प्रवक्ता विजय साहले मंगलवार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको हो ।
घिसिङसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड बराबर नोक्सान हुने गरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै जेन-जी मुभमेन्टले उनलाई बर्खास्त गर्न माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ- 'ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’
जेन-जी मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न माग पनि गरेको छ ।
मुभमेन्टले जेन-जी विद्रोह अपहरण गरेर बनेको सरकारका मन्त्रीहरु देश लुट्न उद्धत रहेको पुरा यसबाट पुष्टि भएको भन्दै घिसिङ र सिलवाललाई कारवाही नगरेकठोर संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology