Logo

२०८३, श्रावण ३०गते


images
images

मधेश प्रदेश

मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

images
  • मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाहरूमा भएका आर्थिक गतिविधि अध्ययन अन्तर्गत स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क  एवं राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार गरिएको आर्थिक वर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ ।

    images
    images
    images

    प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१-८२ मा देशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ भने मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रहने अनुमान छ ।

    images
    images
    images

    आर्थिक वर्ष २०८१-८२ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.९९ प्रतिशतले वृद्धि हुने र मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.८८ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

    images
    images
    images

    यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य पालन क्षेत्रको (३६.७० प्रतिशत) रहेकोमा सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको (०.१५ प्रतिशत) रहेको छ । आर्थिक वर्ष २०८१-८२ मा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन डलरमा ९३२ हुने अनुमान रहेको छ ।

    त्यस्तै आर्थिक वर्ष २०८१-०८२ मा प्रदेशमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा १०.२७ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा १.४९ प्रतिशत र फलफूल तथा मसला बालीले ओगटेको क्षेत्रफलमा क्रमशः २५.२० र ७.९४ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८१-०८२ मा खाद्य तथा अन्य बालीको उत्पादनमा १४.०१ प्रतिशतले वृद्धि भएकोछ । तरकारी तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशत वृद्धि भएको छ भने फलफूल उत्पादनमा ९.०७ प्रतिशत र मसला उत्पादनमा १०.५३ प्रतिशतले कमी आएको छ ।

    त्यसैगरी आर्थिक वर्ष २०८१-०८२ मा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादनमा ३.१६ प्रतिशत, अण्डाको उत्पादन ९.६४ प्रतिशत, माछाको उत्पादन ५.९५ प्रतिशत बृद्धि भएको छ भने मासुको उत्पादनमा ०.९० प्रतिशतले कमी आएको छ । वनजन्य उत्पादनअन्तर्गत काठको उत्पादन २२.५६ प्रतिशतले वृद्धि भएको छ भने दाउराको उत्पादन १८.१२ प्रतिशतले घटेको छ । त्यस्तै आर्थिक वर्ष २०८१-८२ मा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६२ अर्ब ९८ करोड कर्जा प्रवाह भएको छ, जुन मधेश प्रदेशमा प्रवाहित कुल कर्जाको १२.७० प्रतिशत हुन आउँदछ ।

    त्यस्तै मधेशको उद्योग क्षेत्रमा आर्थिक वर्ष २०८१-८२ मा अध्ययनका लागि नमुना छनौटमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४६.४७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१-०८२ मा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा ५.११ प्रतिशतले वृद्धि भई १ खर्ब २८ अर्ब ९ करोड पुगेकोछ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा १ खर्ब २१ अर्ब ८७ करोड रहेको थियो ।

    मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५१.७६ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३७.३९ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स एवम धातुका सामानको उत्पादनतर्फ ४.१३ प्रतिशत, निर्माण उद्योगतर्फ ५.२६ प्रतिशत, खानी उद्योगतर्फ ०.८९ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.५८ प्रतिशत कर्जा प्रवाह भएको छ ।

    त्यस्तै सेवा क्षेत्र अन्तर्गत मधेशमा आर्थिक वर्ष २०८१-०८२ मा मधेश प्रदेशको नमुना छनौटमा परेका होटलमा कार्यरत कर्मचारीहरूको संख्यामा २०.४२ प्रतिशतले कमी आएको छ भने पर्यटकको आगमनमा १८.२५ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१-०८२ मा घरजग्गा रजिष्ट्रेसन संख्या ३४.१७ प्रतिशतले वृद्धि भएकोछ भने घर जग्गा

    रजिष्ट्रेशनबाट संकलित राजस्व १९.२९ प्रतिशतले कमी भएकोछ । समीक्षा अवधिमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको कुल निक्षेप १६.६८ प्रतिशतले वृद्धि भई रु.४ खर्ब ७ अर्ब ७३ करोड पुगेको छ भने यस प्रदेशमा प्रवाह गरेको कर्जा ३.६२ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ८६ करोड पुगेको छ ।

    त्यस्तै पूर्वाधार र रोजगारी अन्तर्गत प्रदेशमा निर्माणाधीन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन्। उक्त आयोजनाहरुमध्ये हुलाकी सडक

    मार्गको निर्माणको गति तुलनात्मक रुपमा तीव्र रहेको छ । आर्थिक वर्ष २०८१-०८२ मा मधेश प्रदेशबाट बैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या १ लाख ९३ हजार ९ सय २ रहेको छ । यो संख्या मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २३.१० प्रतिशत हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।