Logo

२०८३, आश्विन ३०गते


images
images

खुलामञ्च

पुनःनिर्माण तथा सजावटपछि खुलामञ्च सबैका लागि खोलिदै

पुनःनिर्माण तथा सजावटपछि खुलामञ्च सबैका लागि खोलिदै

images
  • पुनःनिर्माण तथा सजावटपछि खुलामञ्च सबैका लागि खोलिदै
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरले खुला मञ्च सबैका लागि सधैँका लागि खुला गर्ने तयारी गरेको छ । भूकम्पपछि वीर अस्पताल, दरबार हाइ स्कूल जस्ता संरचना पुनःनिर्माणका सामग्री राख्ने, काठमाडौँ टावर निर्माणको निर्माण सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको खुला मञ्चलाई पुनःनिर्माण तथा सजावटको काम गरेर खुला खुला गर्न तयार पारिरहेको हो । 

    images
    images
    images

    प्राकृतिक दुबोसहितको घाँसे चउर, खुला मञ्चको अहिलेको अवस्था हो । खुला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो । 

    images
    images
    images

    महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुला मञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ । 

    images
    images
    images

    चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको हो । 

    पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिएको छ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैँ निभ्छन् । 

    चउरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल र पार्किङ्जस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ् गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ । 

    पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न महानगरपालिकाले नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग २०८१ वैशाख १० गते नीतिगत सहमति पत्रमा हस्ताक्षर गरेको छ । त्यसै सहमतिका आधारमा त्यही महिनाको २३ गते खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्का लागि सम्झौता भयो । त्यही सम्झौताका आधारमा २०८१ वैशाख २४ गतेदेखि महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको थियो । ग्रेडिङ् र लेभलिङ्को काम सकिएपछि चउरमा पानी नजम्ने र सतहको पानी पुनःभरण हुने भएको छ । ग्रेडिङ् र लेभलिङ्पछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाएको थियो । 

    यसका लागि चउरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन् । 

    खुला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ । 

    पूर्वाधार निर्माण र सजावटका सबै काम सकेपछि खुला मञ्च सबैका लागि खुला गरिने योजना रहेको सार्वजनि निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिनुभयो । बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । वालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरुका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खुलामञ्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।