
काठमाडौ ,भारतमा कोरोनाको संक्रमण दर उच्च भएसंगै नयाँदिल्ली स्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुलाई कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै सावधानी अपनाउन अपील गरेको छ ।
दूतावासले आज एउटा सूचना प्रकाशित गरेर भारतका विभिन्न राज्यहरुमा महामारीको संक्रमण अत्यधिक रुपमा बढिरहेकाले अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाड र भेटघाटमा सामाजिक दूरी अपनाउन आग्रह गरेको हो ।
त्यसैगरी आपतकालीन अवस्थामा वा स्वास्थ्य अवस्था गम्भीर भएमा सहयोग एवं सहजीकरणका लागि दूतावासको हटलाइलाइन र इमेलमार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology