Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री देउवालाई एमालेले बुझायाे ज्ञापन पत्र

प्रधानमन्त्री देउवालाई एमालेले बुझायाे ज्ञापन पत्र

images
  • प्रधानमन्त्री देउवालाई एमालेले बुझायाे ज्ञापन पत्र
    images
    images

    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले)को तर्फवाट कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा ध्यानाकर्षण गराएकाे छ ।

    images
    images
    images

    पार्टीका उपाध्यक्ष एवम संसदीय दलका उपनेता माननिय  सुवाशचन्द्र नेम्वाङको नेतृत्वमा माननियहरु योगेश  भट्टराई ,खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राई, सरिता न्यौपाने रहेको प्रतिनिधि मण्डलले पार्टीको स्वास्थ्य तथा जनसंख्या विभागले तयार पारेको ध्यानाकर्षण पत्र वुझाएकाे हाे ।ध्यानाकर्षण पत्रमा विभिन्न बुँदा समेटिएको छ ।

    images
    images
    images

    अघिल्लो सरकारले रोकथाम, नियन्त्रण र उपचारका लागि पर्याप्त आधार तयार गरिसकेको अवस्थामा पनि हाल  विभिन्न कमजोरी देखिएको भन्दै ज्ञापन पत्र बुझाएको छ।
    प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको, खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको । पहिले र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध गराउनपर्ने काम हुन नसकेको, जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

    images
    images
    images

    सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको , नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको, बिमितहरूको रकम उपलब्ध नभएको, टेस्टिङ्ग  र  ट्रेसिंग  कार्यमा बृद्धि नभएको ,औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको समेत बताइएको छ।

     

    राजनीतिक दल तथा तिनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको, कुटनीतिक पहल अत्यन्तै कमजोर रहेको, अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको , अहिलेको विषम परिस्थितिमा कोभिड–१९ बाट नेपाली जनतालाई बचाउन, नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न, दैनिक जनजीवनलाई सुचारु गर्न निम्न कार्यहरूलाई उच्च प्राथमिकताका साथ अघि बढन नेकपा एमालेले ध्यानाकर्षण गराएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्ञापन पत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।