Logo

२०८३, कार्तिक २९गते


images
images

भारत-दक्षिण अफ्रिका टेस्ट सिरिज

भारतको घरेलु मैदानमा दक्षिण अफ्रीकाको रोमाञ्चक जित

भारतको घरेलु मैदानमा दक्षिण अफ्रीकाको रोमाञ्चक जित

images
  • भारतको घरेलु मैदानमा दक्षिण अफ्रीकाको रोमाञ्चक जित
    images

    काठमाडौं । दक्षिण अफ्रिकाले जारी टेस्ट सिरिजको पहिलो खेलमा भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।

    images
    images
    images

    टेस्टको तेस्रो दिन आइतवार दक्षिण अफ्रीकाले दिएको १२४ रनको लक्ष्य पछाएको भारत केवल ९३ रनमा अल आउट भएपछि दक्षिण अफ्रिकाले यो टेस्ट ३० रनले जितेको छ ।

    images
    images
    images

    कप्तान शुभमन पहिलो इनिंगमा ब्याटिंग गर्नेक्रम घाइते भएपछि दोस्रो इनिंगमा ब्याटिंग गर्न आएका थिएनन् । त्यस्तै भारतका लागि वाशिंटन सुन्दरले सर्बाधिक ३१ रन बनाए भने  अक्सर पटेलले २६ रन बनाए । त्यसैगरी दक्षिण अफ्रिकाका बलर सिमोन हार्मरले सर्बाधिक ४ विकेट लिए भने मार्को जानसेन र केशव महाराजले २-२ विकेट लिए ।

    images
    images

    यसअघि दक्षिण अफ्रिका पहिलो इनिंगमा १५९ र दोस्रो इनिंगमा १५३ रनमा अल आउट भएको थियो । त्यस्तै भारतले पहिलो इनिंगमा १८९ रन बनाएको थियो ।

    यो जितपछि २ खेलको टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल नोभेम्बर २२ मा गुवाटीमा हुने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण अफ्रीका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।