Logo

२०८३, श्रावण ३०गते


images
images

अपराध

धरानबाट ३१७ किलो बेबारिसे गाँजा बरामद

धरानबाट ३१७ किलो बेबारिसे गाँजा बरामद

images
  • धरानबाट ३१७ किलो बेबारिसे गाँजा बरामद
    images
    images

    विराटनगर  । सुनसरीको धरान उप-महानगरपालिका-४ र १७ स्थितबाट प्रहरीले बेवारीसे अवस्थामा रहेको ३१७  किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

    images
    images
    images

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह, इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरान-४ स्थित कोशी लोकमार्गमा चेकजाँचको क्रममा सडक साईडमा बेवारीसे अवस्थामा रहेको को. ३० प ४५४४ र बा. ५१ प ५४१३ नम्वरको मोटरसाईकलमा लोड गरी राखेको अवस्थामा ४९ किलोग्राम गाँजा बरामद हो ।

    images
    images
    images

    यसै गरी बिशेष सुचनाको आधारमा कार्तिक २९ गते प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले धरान-१७ स्थितमा रहेको जंगलमा बोरामा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २ सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ । गाँजा बरमद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।