Logo

२०८३, आश्विन १०गते


images
images

सिनेमा

फिल्म ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक

फिल्म ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक

images
  • फिल्म ‘द ब्ल्यू लाइट’ को पोस्टर सार्वजनिक
    images
    images

    काठमाडौं । नेपाली फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आज सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ ।

    images
    images
    images

    खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा फिल्मका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् ।

    images
    images
    images

    सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचै जना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बञ्चरो छ । अरुको हात रित्तो छ । पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ ।

    images
    images
    images

    बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट रिलिजमा आउँदै छ । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

    साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # द ब्ल्यू लाइट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।