Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

शेख हसिनालाई मृत्युदण्डको सजाय

शेख हसिनालाई मृत्युदण्डको सजाय

images
  • शेख हसिनालाई मृत्युदण्डको सजाय
    images
    images

    काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्ध आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।  

    images
    images
    images

    न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय न्यायाधिकरणले ४५३ पृष्ठको फैसला सुनाएको हो । हसिनाले मानवता विरुद्धको अपराध र युद्ध अपराधको मुद्दाको सामना गरेकी थिइन् । हसिनामाथि हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराधको आरोपमा दोषी ठहर गरेको हो ।

    images
    images
    images

    मानवताविरुद्धको मुद्धामा यस मुद्दामा पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय दिइएको छ ।

    हसिनाको फैसलाको प्रतिक्रियामा देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता घोषणा गरेको छ । ढाकामा १५ हजार प्रहरी तैनाथ गरिएको छ र हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउन आदेश दिइएको छ ।

    शनिवार रातिदेखि आइतवार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको थियो । फैसलापछि थप हिंसा हुने आशंकामा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।