Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय नसुनाइएको इरानको दाबी

प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय नसुनाइएको इरानको दाबी

images
  • प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय नसुनाइएको इरानको दाबी
    images
    images

    काठमाडौँ । इरानको न्यायपालिकाले इरफान सोल्टानीलाई मृत्युदण्डको सजाय नसुनाइएको बताएको छ।

    images
    images
    images

    आधिकारिक इरानी प्रसारण एजेन्सीले न्यायपालिकालाई उद्धृत गर्दै इरफान सोल्टानीलाई जनवरी १० मा प्रदर्शनको समयमा पक्राउ गरिएको उल्लेख गर्दै उनीमाथि देशको आन्तरिक सुरक्षाविरुद्ध परिचालन र षड्यन्त्र रच्ने र शासन विरुद्ध प्रचार गतिविधिहरू गरेको आरोप लगाइएको बताएको छ ।

    images
    images
    images

    रिपोर्टमा उनी हाल कारज केन्द्रीय कारागारमा रहेको बताइएको छ । न्यायपालिकाले अभियोजन पक्षले उनको आरोप प्रमाणित गरेमा र सक्षम अदालतले कानुनी फैसला दिन्छ भने, कानुनी सजाय कारावास हो र कानूनले यी आरोपहरूको लागि मृत्युदण्डको व्यवस्था नगर्ने स्पष्ट गरेको छ ।

    images
    images
    images

    यसअघि, इरफान सोल्टानीका एक आफन्तले अदालतले उनलाई दुई दिन भित्र मृत्युदण्डको सजाय सुनाएको दाबि गरेका थिए । परिवारलाई जनवरी १४ मा मात्र यसबारे जानकारी दिइएको थियो।

    सो जानकारी पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले कुनै पनि प्रदर्शनकारीलाई मृत्युदण्ड दियो भने अमेरिकाले यसको विरुद्ध धेरै कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्युदण्ड
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।