Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिका-इरान द्धन्द्ध

वार्ताको वातावरण बनाउदै अमेरिका र इरान, लगातार तेस्रो रात रोके आक्रमण

वार्ताको वातावरण बनाउदै अमेरिका र इरान, लगातार तेस्रो रात रोके आक्रमण

images
  • वार्ताको वातावरण बनाउदै अमेरिका र इरान, लगातार तेस्रो रात रोके आक्रमण
    images
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण लगातार तेस्रो रात पनि स्थगित गर्दै कूटनीतिक प्रयासका लागि थप समय दिएका छन् । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति ट्रम्पले वार्तालाई केही समय र अवसर दिन चाहेको बताएका छन् ।

    images
    images
    images

    वाल्ट्जले फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले सबै विकल्प खुला राखेको स्पष्ट पारेका छन् । उनले तत्काल सैन्य कारबाही थप नबढाउने निर्णय भएको भन्ने अर्थ नलाग्ने भन्दै आवश्यक परे थप सैन्य कदम चाल्न अमेरिका तयार रहेको बताए । उनका अनुसार अमेरिकी सेनासँग आवश्यक सबै सैन्य क्षमता उपलब्ध छ र थप सैन्य उपकरण पनि मध्यपूर्वतर्फ पठाइँदैछन् ।

    images
    images
    images

    यता इरानी सेनाका प्रवक्ताले पनि तेहरानले क्षेत्रमा गरिरहेको प्रतिकारात्मक आक्रमण अस्थायी रूपमा रोकेको बताएका छन् । करिब दुई सातादेखि जारी अमेरिकी हवाई आक्रमण र इरानको जवाफी कारबाहीपछि युद्धविराम प्रभावहीन बनेको थियो ।

    images
    images
    images

    दुवै पक्षले आक्रमण रोकेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि घटेको छ। गत साता प्रतिव्यारेल १०० डलर पुगेको तेलको मूल्य सोमबार ९० डलरभन्दा तल झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    यसैबीच इरान र ओमानबीच हर्मुज जलडमरूमध्यको व्यवस्थापनबारे तेहरानमा प्राविधिक तहका वार्ता भएका छन् । विश्वका लागि अत्यन्त महत्वपूर्ण मानिने यस जलमार्गको नियन्त्रणको विषय नै अमेरिका–इरान तनावको प्रमुख कारण बनेको छ ।

    जुन महिनामा दुवै देशबीच सैन्य कारबाही रोक्ने र हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने सहमति भएको थियो । तर जुलाई १३ मा इरानी सेनाले जलमार्गमा रहेका तेल ट्यांकरमाथि आक्रमण गरेपछि अमेरिकाले पुनः हवाई आक्रमण सुरु गर्दै इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी कडा बनाएको थियो ।

    इरानले त्यसको जवाफमा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्दा चार अमेरिकी सैनिक मारिएका थिए। त्यसयता अमेरिकी आक्रमणमा इरानमा दर्जनौं मानिसको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    युद्ध पाँचौँ महिनामा प्रवेश गर्न लाग्दा अमेरिकाभित्र पनि यसको विरोध बढ्दै गएको छ। पछिल्लो जनमत सर्वेक्षणअनुसार ५७ प्रतिशत अमेरिकी नागरिक युद्धप्रति असन्तुष्ट छन् भने केवल १९ प्रतिशतले मात्र सकारात्मक अपेक्षा राखेका छन्।

    यता राष्ट्रपति ट्रम्पले मंगलबार ह्वाइट हाउसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।