Logo

२०८३, कार्तिक २७गते


images
images

फेरिदै उँखु पेल्ने प्रविधि काठेकाेल देखि अत्याधुनिक मेशिन सम्म

फेरिदै उँखु पेल्ने प्रविधि काठेकाेल देखि अत्याधुनिक मेशिन सम्म

images
  • सेतोमसी सहकर्मी
  • फेरिदै उँखु पेल्ने प्रविधि  काठेकाेल देखि अत्याधुनिक मेशिन सम्म
    images

    कृष्ण अन्जान, रुरु। रुरुक्षेत्रकाे थाेर्गा गाउँकाे उखुखेतिकाे करिव दुई बर्ष व्यतीत हुँदा उखुपेल्ने खुदाे पकाउने र गुण पार्ने प्रविधि पनि परिवर्तन हुँदै गएकाे छ ।
    पुर्खाले काठकाे काेलमा उँखु पेलेर परम्परावादि तरिकाले तामाकाे ताउलामा खुदाे पकाउँथे जुन प्रकृया दुई  शताब्दि सम्म चल्याे ।
    काठकाे काेलमा आमा बा हरुले काेलकाे बाहाँ घुमाएर उँखु पेलिन्थ्याे तर त्याे पुस्ता भने अहिले छैन ।
    त्यसपछि फलामकाे काेल आयाे । दुई वटा ठुला र एउटा सानाे फलामकाे बेल्नाकाे बिचमा उँखु छिराएर गाेरु घुमाउँदै उँखु पेल्न शुरु गरियाे । र रसेटाेमा काटेमा ड्रम बसालेर खुदाे पकाउन शुरु भयाे ।यसरी शुरुमा अाएकाे काेलमा उँखुलगाउँदा हात समेत पेलिएर अपाँग भएका पनि थाेर्गा गाउँमा एकाध भेटिन्छन ।

    images
    images
    images

    अहिले पनि याे काेल प्रयाेग भएकाे पाइएकाे छ ।तर पछिल्लाे चरणमा भने अत्याधुनिक उँखु पेल्ने काेल थाेर्गामा अाइ सकेका छन।
    मुख्यरुपमा विध्युतिय मशिन बाट उँखु पेल्ने याे प्रविधिमा उँखु मशिनमा घान लगाएपछि सिधै रस रसेटा बासलिएका कराइमा जाने गर्दछ अत्यन्तै सजिलाे हुने गरेकाे घरमै काेल गाडेका इन्दुवर ज्ञवालीकाे अनुभव छ ।
       
    याे अत्याधुनिक रसेटाेमा दाउरा नचाहिने र त्यहि उँखुकाे खाेया ले सजिलै खुदाे पाक्ने हुँदा दाउराकाे झण्झट पनि छैन ।यहाँ सम्मकि व्यवसायीक गुँड उत्पादनमा ख्याति कमाएका थाेर्गाका इन्दुवर ज्ञवालीकाे घरमा त गुँड पार्ने अत्याधुनिक मशिन समेत रहेकाे छ ।

    images
    images
    images

    पछिल्लो चरणमा त उँखु ब्लक सन्चालक समितिे अनुदानमा उँखुकाे बीउ  अाधुनिक मशिन सानाे ठुलाे ,खुदाे राख्ने ड्रम ,खुदाे पकाउने कराइ ,हाते टेक्टर ,टिनकाे छानाकाे ट्रस्ट ,स्पेयर पम्प ,अाधुनिक चुलाे ,गुँड उत्पादन सामाग्री सबै अनुदानमा उपलव्ध गराउन थाले पछि उँखु किसान हरु अत्याधुनिकता तर्फ प्रवेश गरेकाे उँखु व्लक सन्चालक समितिका अध्यक्ष हुतराज गौतमकाे भनाइ छ ।
       
    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना अन्तरगतकाे उँखु  व्लक सन्चालक समितिकाे कार्यालय रुरु १ र ३ काे सँगम स्यालपाेखरिमा रहेकाे र सबै सामाग्री त्यहिँबाटरुरु १ ,३ र ४ का उँखु किसानलाइ  उपलब्ध भएपछि सजिलाे भएकाे छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।