Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

हसिनासँगै पुर्वगृहमन्त्रीलाई पनि मृत्युदण्ड : पुर्व महानिरीक्षकलाई पाँच वर्षको जेल सजाय

हसिनासँगै पुर्वगृहमन्त्रीलाई पनि मृत्युदण्ड : पुर्व महानिरीक्षकलाई पाँच वर्षको जेल सजाय

images
  • हसिनासँगै पुर्वगृहमन्त्रीलाई पनि मृत्युदण्ड : पुर्व महानिरीक्षकलाई पाँच वर्षको जेल सजाय
    images
    images

    काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र पुर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ । 

    images
    images
    images

    अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पुर्वगृहमन्त्री कमललाई मानवताविरुद्ध आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।  

    images
    images
    images

    त्यस्तै तत्कालिन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुनलाई यस मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । चौधरीलाई राज्यको साक्षी बसेको आरोप लगाइएको छ । 

    images
    images
    images

    न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मोजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय न्यायाधिकरणले ४५३ पृष्ठको फैसला सुनाएको हो । हसिनाले मानवता विरुद्धको अपराध र युद्ध अपराधको मुद्दाको सामना गरेकी थिइन् । हसिनामाथि हत्या, अपराध रोक्न असफलता र मानवता विरुद्धको अपराधको आरोपमा दोषी ठहर गरेको हो ।

    हसिनाको फैसलाको प्रतिक्रियामा देशभर हिंसा जारी छ । सरकारले उच्च सतर्कता घोषणा गरेको छ । ढाकामा १५ हजार प्रहरी तैनाथ गरिएको छ र हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउन आदेश दिइएको छ । शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको थियो । फैसलापछि थप हिंसा हुने आशंकामा देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हसिना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।