Logo

२०८३, श्रावण ३०गते


images
images

बारा झडप

बारा जान नपाएपछि महेश बस्नेत भन्छन् : यस्तो अवरोधबाट विचलित हुदैनौं

बारा जान नपाएपछि महेश बस्नेत भन्छन् : यस्तो अवरोधबाट विचलित हुदैनौं

images
  • बारा जान नपाएपछि महेश बस्नेत भन्छन् : यस्तो अवरोधबाट विचलित हुदैनौं
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले बारा जान नपाएपछि यस प्रकारको अवरोधले विचलित नहुने टिप्पणी गरेका छन् । 

    images
    images
    images

    बारामा हुने कार्यक्रमका लाग एमाले महासचिव शंकरपोखरेलसँगै सिमरा जान लागेका बस्नेतलाई रोक्न सिमरामा जेनजी युवाहरुले विरोध गरेका थिए । आफ्ना नेताहरुको विरोध भएपछि एमाले नेता कार्यकर्ताले सिमरामा प्रतिरोध गर्दा झडप भएपछि सिमरा तनावग्रस बनेको थियो ।

    images
    images
    images

    बस्नेतले  विभिन्न दल-आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य भएको बताउदै सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिएको बताएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्: राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो।

    सभा-सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।

    हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो?  नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुँदैनौँ। लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा हाम्रो संघर्ष निरन्तर जारी रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।