बुटवल । विघटित नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगर समितिले जनभेटघाट गरेको छ । माओवादी केन्द्र विघटन भएको र नेपाली कम्युनिस्ट पार्टीको कमिटी गठन भइनसकेको सन्दर्भमा नेता कार्यकर्ताको समस्या सुन्नका लागि मर्निङ वार्क शैलीमा जनभेटघाटलाई अगाडी वढाइएको माओवादी केन्द्र बुटवल अध्यक्ष महेन्द्र भुषालले जानकारी दिए ।
बुटवल उपमहानगर समितिका पदाधिकारी तथा सदस्यहरु हरेक दिन बिहान मर्निङ्गवाक कुनै न कुनै वडामा पालैपालो गरि जाने र त्यस वडाका नेता तथा कार्यकर्तासंगै आम जनताका समस्या र गुनासाहरु पनि सुन्ने कार्य निरन्तर रुपमा चलिरहेको अध्यक्ष भूषालले बताए ।
मंगलबार नेताहरु रामु परियार, रुपन्देही जिल्ला संयोजक नारायण जिसी (निर्मल) नेताहरु सुजित विक, क्षितिज लगायतका नेताहरुले बुटवल २, फूलबारी वरपरका स्थानीय तथा पार्टीका नेताहरुसंग भेटघाट र छलफल गरेका छन् ।
यसअघि तिनाउ पारिका वडा नं १९, वडा नं १२, वडा नं १४ लगायत अन्य वडाहरुमा समेत मर्निङ्गवाक र छलफल गरिसकेको सो पार्टीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology