Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

images
  • निर्वाचन आयोगले थप्यो दल दर्ताको समय
    images
    images

    काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरेको छ । 

    images
    images
    images

    बुधबार आयोगले मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    आयोगले भनेको छ: निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको जम्मा संख्या १३७ पुगेको छ भने नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरू माथिको कारबाहीसमेत जारी रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको मिति २०८२ मंसिर १० गतेको बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको छ ।

    images
    images
    images

    मंसिर १० गतेसम्मका लागि दल दर्ताको समय तोकिएकोमा अहिलेसम्म १०६ दलले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन निवेदन दिएका छन् ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।