Logo

२०८३, श्रावण ३०गते


images
images

अवैध कारोवार

ईनरुवाबाट १५३ केजी गाँजासहित नियन्त्रणमा

ईनरुवाबाट १५३ केजी गाँजासहित नियन्त्रणमा

images
  • ईनरुवाबाट १५३ केजी गाँजासहित नियन्त्रणमा
    images
    images

    सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट सशस्त्र प्रहरीले १५३ केजी गाँजासहित सोही ठाउँ बस्ने २० वर्षिय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    चाँदवेलाबाट दक्षिर्णतर्फ जाँदै गरेको बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाईकललाई जाँच गर्दा  प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको उल्लेखित गाँजा फेला परेको हो । सो गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    उक्त गाडी र मोटरसाईकललाई अन्य मोटरसाईकलमा आउँदै गरेका व्यक्तिले स्कटिङ्ग  गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिईएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाईकल चालक फरार भएका थिए ।

    images
    images
    images

    नियन्त्रणमा लिईएका चौधरीलाई बरामद गाँजा तथा गाडी र मोटरसाईकल चालकसहित आवश्यका कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।