Logo

२०८३, आश्विन ११गते


images
images

न्यायाधीश संक्रमित भएपछि बझाङ जिल्ला अदालतमा अत्यावश्यक बाहेकका सेवा बन्द

न्यायाधीश संक्रमित भएपछि बझाङ जिल्ला अदालतमा अत्यावश्यक बाहेकका सेवा बन्द

images
  • सेतोमसी सहकर्मी
  • न्यायाधीश संक्रमित भएपछि बझाङ जिल्ला अदालतमा अत्यावश्यक बाहेकका सेवा बन्द
    images
    images

    रमेश बहादुर सिह, बझाङ । न्यायाधीशसहित एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।

    images
    images
    images

    सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।

    images
    images
    images

    स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।

    images
    images
    images

    कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ।

    संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको छ।

    अदालतका कर्मचारीहरूका अनुसार जिल्ला अदालत बझाङबाट हदम्याद सकिने फिरादपत्र, उजुरी, प्रतिउत्तर पत्र तथा अभियोग दर्ता, प्रतिवादीको बयान, थुनछेक आदेश, पक्राउ पुर्जी तथा पक्राउ पुर्जी स्वीकृति, हिरासत निगरानी कक्षमा राख्ने अनुमतिको आदेश दिने तारिख लिने लगायतका सेवा मात्र प्रवाह हुने भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।