Logo

२०८३, आश्विन १०गते


images
images

सबै नेताहरुले पहिले आफ्नो वडामा काँग्रेसलाई जिताउने संकल्प गरौं : सभापति पन्थी

सबै नेताहरुले पहिले आफ्नो वडामा काँग्रेसलाई जिताउने संकल्प गरौं : सभापति पन्थी

images
  • सबै नेताहरुले पहिले आफ्नो वडामा काँग्रेसलाई जिताउने संकल्प गरौं :  सभापति पन्थी
    images
    images

    गुल्मी। नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले सबै नेताहरुले पहिले आफ्नो वडामा काँग्रेसलाई जिताउन संकल्प गर्नुपर्ने बताएका छन् । ‘गुल्मी काँग्रेसको अठोट  सबल वडा सक्षम टोल’ अभियान अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ११ राङ्गबासमा नेपाली काँग्रेसको वडाकार्य समितिको कार्यालय उद्घाटन तथा कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका  सभापति खिल्ध्वज पन्थीले सबै नेताहरुले पहिले आफ्नो वडामा काँग्रेसलाई जिताउन संकल्प गर्नुपर्ने बताएका हुन् । 

    images
    images
    images

    ‘गुल्मीमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनु हाम्रो मुख्य ध्येय हो ।’ प्रमुख अतिथि पन्थीले भने, “गुल्मीमा सबै वडामा काँग्रेसलाई जिताउनको लागि सबै नेताहरुले संकल्प गर्नुको अहिलेको आवश्यकता हो ।” उनले गुल्मीमा नेताहरुको क्रियाशिलता नहुनाले पार्टी संगठन बलियो नभएको अवस्थाको उल्लेख गर्दै सबै नेता तथा कार्यकर्ता क्रियाशिल भएर जनताको सेवामा लाग्नुपर्ने बताएका थिए । उनले वडामा नियमित बैठक गरेर त्यसको निर्णय अनिवार्य पालिका मार्फत जिल्लामा पठाउन गुल्मीका ९३ वटाका वडा सभापतिहरुलाई निर्देशन दिए । 

    images
    images
    images

    गुल्मीका अधिकांश स्थानीय तहमा कम्युनिष्टको सरकार रहेको उल्लेख गर्दै सभापति पन्थीले काँग्रेसमा भोट हालेकै कारण जनतालाई सरकारी सेवा सुविधाबाट कम्युनिष्टहरुले बञ्चित गराएको बताए । उनले कम्युनिष्टहरुबाट उन्मुक्ती हुन सबै गुल्मेलीलाई आग्रह गर्दै काँग्रेसले कसैलाई बिभेद नगर्ने भएकोले मतदान गर्दा सोचेर मात्र गर्न आग्रह गरे ।

    images
    images
    images

    गुल्मी जिल्लामा नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता क्रियाशील हुनुपर्ने पन्थीको भनाई थियो ।  गुल्मीका सबै स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा काङ्ग्रेसलाई जिताएर जिल्लामा विकासको मूल फुटाउने पन्थीले बताए । 

    कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीकासह–सचिव छवि पाण्डेले प्रक्रियागत एजेन्डा र योजनालाई कम्युनिस्टहरुले भ्रम फैलाउने भएकोले त्यसबाट सचेत हुन आग्रह गरे । सह–सचिव पाण्डेले कम्युनिस्टहरुले आफू  सरकारमा हुदा आफ्ना कार्यकर्ता मात्र अनुदान र वडाका कार्यक्रम दिने  गरेको भन्दै नेपाली काङ्ग्रेसले त्यस्तो विभेद नगर्ने बताए ।  त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका अर्का सह–सचिव धर्मराज पाण्डेले जनताको आधारभूत आवश्यकतामा समृद्धि हुनु आवश्यकता रहेको बताए । नेपाली काङ्ग्रेसले बोलेको कुरा पूरा गरेर छाड्ने भएकोले कम्युनिस्टहरुको भ्रममा नपर्न नेपाली काङ्ग्रेस गुल्मीका सह–सचिव धर्मराज पाण्डेले आग्रह गरे । गुल्मीमा पनि नेपाली काङ्ग्रेस परिमार्जित भई युवा पुस्ताले काङ्ग्रेसलाई अगाडि बढाएका कारण समाज परिवर्तन र तल्लो तहका नागरिकको उत्थान आफूहरूको पहिलो एजेन्डा भएको उनले बताए । 

    कार्यक्रममा नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिकाका सभापति जयश्वर पन्थीले टोलटोलमा समिति गठन गरेर काङ्ग्रेसलाई बलियो बनाउन निरन्तर लागिरहेको बताए । कार्यक्रममा उपस्थित महिलाहरुको तर्फबाट मनतब्य राख्दै रेसुङ्गा नगरपालिकाकी उपसभापति सावित्रा भण्डारीले नेपाली काङ्ग्रेसले सुरु गरेको अभियानले गुल्मीका सबै कार्याकर्तामा उत्साह छाएको बताइन् । 
     
    कार्यक्रमा नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी, जिल्ला कार्यसमिति सह–सचिव छवि पाण्डे र धर्मराज पाण्डे, जिल्ला सदस्य सीता पाण्डे, अखिलेश्वर प्रसाद पाण्डे, महाधिवेशन प्रतिनिधि मिना राना, रेसुङ्गा नगरपालिकाका सभापति जयश्वर पन्थी उपसभापति गगन केसी र सावित्रा भण्डारी लगायतका नेता तथा कार्यकर्ताको उपस्थित्ी रहेको थियो । कार्यक्रममा  प्रदेश प्रतिनिधि बम बहादुर रानाको स्वागत मनतब्य रहेको थियोे । वडाका सचिव महेश सारुले संचालन गरेको कार्यक्रम  वडा सभापति ज्योति रानाको सभापतित्वमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।