Logo

२०८३, कार्तिक २९गते


images
images

यू–१९ प्रिमियर कप

नेपाल एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा : खोल्यो एशिया कपको ढोका

नेपाल एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा : खोल्यो एशिया कपको ढोका

images
  • नेपाल एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनलमा : खोल्यो एशिया कपको ढोका
    images

    काठमाडौँ । नेपाल एसीसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा पुगेको छ । नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    मलेसियाले दिएको ५२ रनको लक्ष्य पछाएको नेपालले ८ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसिया १७.२ ओभरमा अल आउट हुदै ५१ रन बनाएको थियो । मलेसियाका लागि हमजाह पन्गीले १३ र मुहमद फाथुल मुइनले ११रन बनाएका थिए । त्यस्तै नेपाली बलर नितेश कुमार पटेल, चन्दन रामले ३, अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक एक विकेट लिएका थिए ।

    images
    images

    योसँगै नेपाल फाइनलमा पुगेसँगै आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएको छ । अब नेपालले प्रतियोगिताको उपाधिका लागि अर्को सेमिफाइनलको युएई र ओमानबीचको विजेतासँग फाइनलमा खेल्ने छ । फाइनल खेल डिसेम्बर १ मा हुने छ । यस प्रतियोगिताको शिर्ष तीन देश एशिया कपमा छनौट हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ प्रिमियर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।