Logo

२०८३, श्रावण ३०गते


images
images

विश्व बाघ सम्मेलन : रुसको आयोजना, १३ देशका कार्यकारी प्रमुख सहभागी हुने

विश्व बाघ सम्मेलन : रुसको आयोजना, १३ देशका कार्यकारी प्रमुख सहभागी हुने

images
  • विश्व बाघ सम्मेलन : रुसको आयोजना, १३ देशका कार्यकारी प्रमुख सहभागी हुने
    images
    images

    काठमाडौँ । आगामी भदौ २० गते (सेप्टेम्बर ५)मा रुसमा विश्व बाघ सम्मेलन आयोजना हुने भएको छ । बाघ पाइने विश्वका १३ मुलुकका कार्यकारी प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनको आयोजना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्दैछन् ।

    images
    images
    images


    कार्यकारी प्रमुखले भाग लिने जनाइएपनि नेपालबाट प्रधानमन्त्री वा कुन तहको उपस्थिती हुन्छ भन्ने टुंगो चाहिँ लागेको छैन । यसअघि बाघ पाइने देशका कार्यकारीको पहिलो सम्मेलन सन् २०१० मा रुसकै सेन्ट पिटर्सवर्गमा सम्पन्न भएको थियो । सो सम्मेलनमा नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वनमन्त्री दीपक बोहरा सहभागी थिए ।

    images
    images
    images


    बाघ पाइने मुलुकका मन्त्रीहरुको शुक्रबार सकिएको चौंथो बैठकले रुसी राष्ट्रपतिले आयोजना गर्ने सम्मेलनलाई स्वीकार गरेको छ । साथै, सम्मेलन आयोजना गर्नको लागि रुसलाई धन्यवाद समेत दिएको छ । तीनदिने बैठकपछि सार्वजनिक गरिएको घोषणापत्रमा जनाइएअनुसार ‘दोस्रो बाघ सम्मेलनमा १३ देशहरूले सन् २०१० पछि संरक्षण क्षेत्रमा पाएको सफलताको कथा सुनाउनेछन्, ।

    images
    images
    images


    सो मितिमा बाघ सम्मेलन आयोजना गरिएपनि परराष्ट्र मन्त्रालयले सो समयमा कोरोनाभाइरस महामारीको स्थिती र मुलुकको राजनीतिक परिस्थितीका आधारमा सहभागिताको टुंगो लगाइने जनाएको छ । प्रवक्ता सेवा लम्सालले मिति टुंगो लागेपनि नेपालबाट कसले भाग लिन निधो नलागिसकेको बताइन् ।

    सम्मेलनमा सहभागी देशले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने संकल्प गरेका थिए । त्यतिबेला नेपालमा बाघको संख्या १ सय २१ थियो भने विश्वभर ३ हजार २ सय थियो । सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ ।

    नेपालसहित बंगलादेश, कम्बोडिया, भुटान, चीन, भारत, इन्डोनेसिया, लाओस्, मलेसिया, म्यानमार, रुस, थाइल्यान्ड र भियतनाम बाघ पाइने देश हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।