काठमाडौँ । शिक्षामन्त्री महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरेमा पालिकालाई दिने संघीय अनुदान रोक्का हुने चेतावनी दिएका छन् ।
मन्त्री पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय संचालन भइरहेको पाइएको बताउदै अहिले त्यस्ता विद्यालयको नाम संकलन गरिरहेको बताएका हुन् ।
उनले पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको भन्दै अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिने चेतावनी दिएका छन् ।
उनले भनेका छन्- 'विद्यालय व्यवस्थापन समिति गठन नगरिकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरु पनि रहेछन। त्यस्ता पालिकाहरुलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ। अन्यथा त्यसता पालिकाहरुको विद्यालयलाई आउने संघिय अनुदान रोक्का गरिनेछ । त्यस्ता पालिका हरूको नाम संकलन भैरहेको छ । पिडित अविभावकहरुले पनि जानकारी दिन सक्नु हुनेछ ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology