Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले दायर गरेको रिटको संबैधानिक इजलासमा सुनुवाई हुदै

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले दायर गरेको रिटको संबैधानिक इजलासमा सुनुवाई हुदै

images
  • प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले  दायर गरेको रिटको संबैधानिक इजलासमा सुनुवाई हुदै
    images
    images

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरेको रिट आज सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई हुदै छ । 

    images
    images
    images

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संबैधानिक इजलासमा सो रिटको पेसी तोकिएको छ ।

    images
    images
    images

    विघटित प्रतिनिधि सभाको एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंसिर ९ गते पेस गरेको रिट मङ्सिर १० गते सर्वोच्चमा दर्ता भएको थियो ।

    images
    images
    images

    एमालेले दर्ता गरेको रिटमा राष्ट्रपति कार्यालय, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई विपक्षी बनाएको छ । 

    साथै रिटमा प्रतिनिधिसभाको सदस्य नभएको, सर्वोच्च अदालतको प्रधानन्यायाधीश भइसकेको व्यक्ति, कुनै राजनैतिक दलको संसदीय दलले समर्थन नगरेको, धारा ७६ तथा धारा १३२ (२) विपरित गैर संवैधानिक तवरले नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रथम दृष्टिमै असंवैधानिक भएको हुँदा कार्कीको प्रधानमन्त्री पदमा भएको नियुक्तिविरुद्ध अधिकार पृच्छाको आदेश माग गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।