देवदह । रुपन्देहीको देवदह वार्ड नं १२ मा अपाङ्गता भएकाहरूलाई न्यानो कपडा (बलाङ्केट) वितरण गरिएको छ । स्थानीय समाजसेवी तथा पूर्व शिक्षक दूधनाथ कुँवरले आफ्नो आमा बुवाको सम्झनामा अपाङ्गता भएकाहलाई बलाङकेट वितरण गरिएको बताए ।
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारी गरिएको कार्यक्रममा देवदह १२ का ६० जना अपाङ्गता भएकाहरुलाई बलाङकेट वितरण गरिएको छ ।
वडामा अपाङ्गता भएकाहरुको घर घरमा पुगी न्यानो बलाङ्केट वितरण गरिएको र त्यसबाट उनीहरुलाई थोरै भएपनि राहत मिल्ने आफुले विश्वास लिएको बताए ।
‘जाडो मौसममा सामान्य मानिसलाई त समस्या हुन्छ, अझ अपाङ्गता भएकाहरुलाई झन गार्हो हुन्छ जस्तो लाग्यो त्यसैले न्यानो बलाङ्केट वितरण गरेका हौं ।’ कुँवरले भने, ‘मौसमको प्रतिकूलतामा जीवन सहज होस् भनेर न्यानो बलाङ्केट वितरण गरिएको हो ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology