Logo

२०८३, श्रावण ३०गते


images
images

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

images
  • मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा
    images
    images

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले राजीनामा दिएको घोषणा गरेका हुन् ।

    images
    images
    images

    प्रदेश सभामा बहुमत हासिल गर्न नसक्ने अवस्था भएपछि उनले राजीनामा दिएका छन् । आजको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेश अनुसार विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

    images
    images
    images

    मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभामा सम्बोधन गरिरहेका बेला उनलाई समर्थन गर्ने तीन दल बाहेक अन्य दलले प्रदेश सभा बहिष्कार गरेका थिए । 

    images
    images
    images

    मधेश प्रदेशमा कूल १०७ सदस्यीय मध्य मधेश प्रदेशसभा रहेकोमा बहुमतका लागि ५४ प्रदेश सभा सदस्यको आवश्यकता पर्नेमा मुख्यमन्त्री यादवसँग एमालेका २४ जना, नेपाल संघीय समाजवादी पार्टीका एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जनाको मात्र समर्थन रहेको थियो ।

    तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका दलका नेता यादवलाई गत कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । सो नियुक्तिपछि मधेश प्रदेशको राजनीति तरंगित बनेको थियो ।  साथै सो नियुक्तिको विरोधमा सर्वोच्चमा कुल तीन रिट दायर भएका थिए । साथै सरकारले प्रदेश प्रमुख भण्डारीलाई समेत पदबाट हटाएर सुरेन्द्र लाभ कर्णलाई नियुक्त समेत गरिसकेको छ ।

    सर्वोच्चको आदेश अनुसार अब प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन यस अघि नै सर्वोच्चले दिएको आदेश अनुसार सरकार गठनको आदेश हुने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।