Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव

१०औं देवदह महोत्सव पौष २३ देखि हुने

१०औं देवदह महोत्सव पौष २३ देखि हुने

images
  • १०औं देवदह महोत्सव  पौष २३ देखि हुने
    images
    images

    देवदह । नगरलाई आर्थिक, पर्यटकिय र सांस्कृतिक रूपमा पहिचान गराउने उद्देश्यसहित रुपन्देहीको देवदहमा दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । 

    images
    images
    images

    ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो ।

    images
    images
    images

    आगामी पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको शनिवार आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएका छन् । 

    images
    images
    images

    ‘२०७१ सालमा पहिलो पटक सुरु भएको देवदह औद्योगिक व्यापार मेला अहिले दशौं संस्करणमा पुगेको छ ।’ पत्रकार भेटघाटमा आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष एवम् महोत्सव मुल समारोह समितिका संयोजक गणेश कुमार खातीले भने, ‘२०७१ सालमै आयोजना गरिएको देवदह फूड फेस्टिवलदेखि संस्थाको आयोजनामा यसअघि पनि २०७४ र २०७९ सालमा सफलता पूर्वक महोत्सव सम्पन्न भएका छन् ।’ 

    पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको अध्यक्ष खातीले बताए । अहिलेको महोत्सवलाई पनि त्यसैको निरन्तरता र आधुनिक दृष्टिकोणसहित अघि बढाइएको आयोजकले जनाएको छ ।

    ‘महोत्सवको पहिलो संस्करणमा पाकरी बृक्षलाई ब्राण्डिङ्ग गरिएको थियो, दशौं संस्करणमा देवदह दहलाई ब्राण्डिङ्ग गर्नेगरि हामीले काम गरिरहेका छौं ।’ पत्रकारहरु माझ अध्यक्ष खातीले भने, ‘यसपटक मेला अवलोकनका लागि ७० रुपैंया कायम गरिएको, बिद्यार्थी र अपाङ्गता भएका तथा समूहमा आउनेलाई छुटको व्यवस्था गरिएको र जेष्ठ नागरिकको हकमा प्रवेश निशुल्क व्यवस्था गरिएको छ ।’ 

    कार्यक्रममा बोल्दै संस्थाका संस्थाका केन्द्रिय सदस्य तथा महोत्सवका प्रमुख सल्लाहकार गोविन्द ठडराईले देवदहको सांस्कृतिक, आध्यात्मिक र ऐतिहासिक महत्वलाई उजागर गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गरे ।

    महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने अपेक्षा गरिएको ठडराईले जानकारी दिए । महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने र महोत्सव अवधिका लोक गीत तथा दोहोरी प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता लगायत समावेश हुनेछन् । 

    महोत्सवमा स्थानीय तथा राष्ट्रिय वस्तु तथा सेवाको विक्रि तथा प्रदर्शनी, कृषि तथा पर्यटन गोष्ठिहरु, देवदहका पर्यटकीय स्थलहरुको भिडियो प्रदर्शनी लगाएतका गतिविधिहरु संचालन हुने संस्थाका महासचिव धनबहादुर पुँवरले जनाएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।