Logo

२०८३, कार्तिक २९गते


images
images

ड्रोन आक्रमण

सुडानको किन्डरगार्टेनमा ड्रोन आक्रमण, ५० जनाको मृत्यु

सुडानको किन्डरगार्टेनमा ड्रोन आक्रमण, ५० जनाको मृत्यु

images
  • सुडानको किन्डरगार्टेनमा ड्रोन आक्रमण, ५० जनाको मृत्यु
    images

    काठमाडौँ । सुडानको कालोगी शहरमा रहेको एक किन्डरगार्टेनमा ड्रोन आक्रमण हुँदा ३३ जना साना बालबालिकासहित ५० जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    डाक्टरहरूको एउटा समूहले उक्त आक्रमण सुडानको सुरक्षा बल, आरएसएफले गरेको बताएको छ । घाइतेहरूलाई सहयोग गर्न घटनास्थलमा प्यारामेडिक्स पुगेपछि उनीहरूमाथि पनि आक्रमण गरिएको थियो ।

    images
    images
    images

    क्षेत्रमा नेटवर्क र फोन सेवाको अभावका कारण मृत्यु हुनेको संख्या अज्ञात छ । मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने आशंका गरिएको छ । आरएसएफ र सुडानी सेनाबीच दुई वर्षभन्दा बढी समयदेखि लडाइँ चलिरहेको छ र हालैका दिनहरूमा द्वन्द्व तीव्र भएको छ ।

    images
    images

    युनिसेफले घटनाको कडा निन्दा गरेको छ । युनिसेफका अधिकारी शेल्डन येटले विद्यालयमा बालबालिका मार्नु बाल अधिकारको गम्भीर उल्लङ्घन भएको बताए ।

    उनले दुवै पक्षलाई यस्ता आक्रमणहरू तुरुन्तै बन्द गर्न र राहतकर्मीहरूलाई सुरक्षित मार्ग प्रदान गर्न अपील गरे ताकि सहायता आवश्यक परेकाहरूलाई पुग्न सकोस् । केही दिन अघि, सुडानी सेनाको हवाई आक्रमणमा लगभग ४८ जनाको मृत्यु भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुडान ड्रोन आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।