Logo

२०८३, श्रावण ३०गते


images
images

ड्रोन आक्रमण

दक्षिण सुडानमा ड्रोन आक्रमणमा बंगलादेशका छ शान्ति सेनाको मृत्यु

दक्षिण सुडानमा ड्रोन आक्रमणमा बंगलादेशका छ शान्ति सेनाको मृत्यु

images
  • दक्षिण सुडानमा ड्रोन आक्रमणमा बंगलादेशका छ शान्ति सेनाको मृत्यु
    images
    images

    काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मिसनले सुडानको दक्षिण कोर्डोफान क्षेत्रमा ड्रोन आक्रमणमा बंगलादेशका छ जना संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको मृत्यु भएको बताएको छ । बंगलादेशले आक्रमणको कडा निन्दा गरेको छ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बलले दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको उनीहरूको शिविरमा ड्रोन आक्रमण भएको जनाएको छ । छ जना सैनिक मारिएका छन् भने छ जना घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणलाई भयानक भन्दै यो अन्तर्राष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुन सक्ने बताएको छ । गुटेरेसले दक्षिण कोर्डोफानमा शान्ति सेनामाथि यस्ता आक्रमणहरू कुनै पनि हिसाबले जायज छैनन् र जवाफदेहिता स्थापित हुनुपर्ने बताए ।

    images
    images
    images

    बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले एक विज्ञप्तिमा आक्रमणबाट आफू गहिरो दुःखी भएको बताएका छन् । उनले आक्रमणमा छ जनाको मृत्यु भएको र आठ जना घाइते भएको जानकारी दिए ।

    युनुसले बंगलादेशी कर्मचारीहरूलाई आवश्यक पर्ने सबै आपतकालीन सहयोग प्रदान गर्न संयुक्त राष्ट्र संघलाई अपील गरे । उनले यो कठिन समयमा बंगलादेश सरकार पीडित परिवारको साथमा उभिने बताए । बंगलादेशको विदेश मन्त्रालयले पनि आक्रमणको कडा निन्दा गरेको छ। सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेई क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेना तैनाथ छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ड्रोन आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।